लघुकथा :- ऊर्जा – सुरेशकुमार पाण्डे


” स्याबास आखिर छोरा कस्को हो ?”- ढुण्डिरामले विष्णुको खुबै प्रसंसा गर्दै भने।
मलाई मेरा अरू छोराछोरी भन्दा विष्णुले धेरै मदत् गरेको छ।यसैलेगर्दा मेरो आयु बढेको हो। उन्ले थपे।
” राम्रो छोरा पाउँनुभयो दाई हजुरले हाम्रा छोराहरू त कामलाग्दा भएनन्। दृघाले पनि ढुण्डिरामको कुरामा साथ दिए।
ढुण्डिरामका छोराछोरी त घरभरी थिए तर यो उन्को खास छोरा थियो।ऊ मन् लाग्दा स्कुल जान्थ्यो नलाग्दा जाँदैनथ्यो।तरपनि कहिल्यै फेल भएको थिएन।ढुण्डिराम उसको व्यवहारबाट खुसि थिए।
” छोराले केगर्छ त्यो दुई सय रूपियाँ कहाँबाट आयो। त्यसबारेमा नबुझी स्याबास भने भैगो।”- रूकमणीले नाक मुख बिगार्दै भनिन्।
” तिमिले त छोरालाई देख्नै नसक्ने किन होला?”-ढुण्डिरामले रूकमणीलाई हकार्दै भने।
” बाबा आज एक हजार रूपिँया दिनु है मलाई …!”
“के गर्नेहो तँलाई तेत्रो धन् ? “- आमा रूकमणीले उस्को कुरा बिचमै काटिन र सोधिन्।
” ओहो तिमी पनि ! लैजा जाबो एक हजार “-ढुण्डिरामले खोल्टीबाट निकाले र दिए।विष्णु पैसालिएर खुसिहुँदै गयो।
” हजुरले विष्णुलाई बिगार्दै हुनुहुन्छ ।उसको बानी खराब छ तर सम्झाउँनुको सट्टा झन प्रोत्वसान दिनुभयको छ।”-रूकमणिले चिन्ता व्यक्त गर्दै भनिन्।
ढुण्डिराम अनपढ भयपनि छोराछोरी सबैलाई पढाएका थिए।उन्को मान्यता थियो भाग्य भए जेपनि हुन्छ।अन्धविस्वासमा लिप्त थिए। छोराले के गर्दैछ भन्नेमा भन्दा पनि उस्को भाग्य राम्रो छ भनेर कुनैवेला जोतिशले भनेको कुरामा उनि ढुक्क थिए।
” बाबा म फेल भए । त्यो माष्टरले जानेर मलाई फेल गरायो ! विष्णु धङधङ गर्दै साँझमा भित्र पस्यो।
के भयो विष्णु ? तैंले के खाएको आज ?”-आमा रूकमणिले आश्चार्य हुँदै भनिन्।
ऊ नसामा थियो।
ढुण्डिराम भित्ताको आडमा थंचक्क बसे उन्को जिउ लगलग काँपेको थियो आँखा भिजेका थिए।
दाङ घोराही १८
२६-१२-२०२४(११-०९-२०८१)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE