मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

जीसु कोइराला : जो जम्दैछिन कलाकारितामा

  • 319
  •  
  •  
  •  
  •  
  •  
  •  
    319
    Shares

काठमाडौँ कुलेश्वरकी रैथाने हुन , कलाकार तथा मोडेल जीसु कोइराला । बुबा सुशील कोइराला र आमा सावित्री श्रेष्ठकी एकमात्र सन्तान जीसु बाल्यकालदेखी नै कलाकारिता प्रति अभिरुचि राख्थिइन ,नृत्यनाटकमा उनको लगाव थियो । बाल्यकालमै नृत्य पनि सिकेकी थिइन ।

उनको पहिलो गीत हो लाजले छोपेको ( हेर्ने हो र देखाईदिम) । यो गीत दर्शकहरुले धेरै नै मन पराए । यो गीतमा जीसुले चर्चित मोडेल पुस्प खडकासँग अभिनय गरेकी छिन । पहिलो गीतमा नै उनले उत्कृष्ट अभिनय गरेपछि दर्शकले उनलाई चिने र म्युजिक भिडियोका मेकरहरूले उनलाई स्थान दिन थाले । जसको कारण उनको चर्चा बढयो ।अहिलेसम्म जीसुले लगभग एक दर्जनभन्दा धेरै म्युजिक भिडियोमा आफ्नो प्रस्तुति देखाइसकेकी छिन ।

क्यानडामा हुर्के बढेकी जिशु चिकित्साशास्त्रमा एमविविएस(MBBS) अध्ययन गर्न नेपाल आएकी हुन् । जीसु चितवनको भरतपुरस्थित मेडिकल कलेजमा अध्ययन गरिरहेकी छिन । मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गरेर नेपाली अभिनयको जगतमा जीसुले आफ्नो भिन्न उपस्थिति पनि जनासकेकी छिन ।
भविष्यकी मेडिकल डाक्टर तथा सिनेमा जगतमा रमाउने जीशुको लक्ष्य रहेको छ । भिन्न क्षमताका कारण जीसु यो क्षेत्रमा जम्न सक्ने पनि देखिन्छ ।
अर्थशास्त्री बाबु र समाजशास्त्री आमाकी एकमात्र सन्तान भएपनि जीसुमा घमण्ड छैन , बरु केहि गरौं भन्ने हुटहुटी छ । जीसु समाजमा असल कार्य गरौं भन्ने लक्ष्य बोकेकी उत्साहित नारी प्रतिभाको नाम हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Sahim Shah
Sahim Shah
8 months ago

Hats off to her

Sahim Shah
Sahim Shah
8 months ago

Waha ko kala ko tarif garnu parxa
Very intelligent person

2
0
Would love your thoughts, please comment.x
()
x