पेलाको जन्मदिनमा शारदा शेर फाउन्डेसनद्वारा बिधालयलाई गर्यो सहयोग

समाजसेवी भरत सिङ पेला ज्युको जन्मदिनको अवसरमा शारदा शेर फाउन्डेसनले छेडागाड नगरपालिका अन्तर्गत भाग्यदय माध्यमिक विद्यालय, वडा नं. ५ मा अध्ययनरत लक्षित वर्गका ५० जना छात्रछात्रालाई खेलकुद सामग्री र शैक्षिक सामाग्री वितरण गरेको छ। सो सामग्री फाउन्डेसनका अध्यक्ष अर्जुनबहादुर अधिकारिले वितरण गर्नु भएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्त शाहीले उक्त सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक र खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शारदा शेर फाउन्डेसन र समाजसेवी भरत सिङ पेला ज्यूप्रति आभार प्रकट गर्दै विद्यालयमा यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
यो अभियानले लक्षित वर्गका विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE