अपाङ्गहरूको क्षमता वृद्धि सम्बन्धि रसुवामा अन्तरक्रिया सम्पन्न


रसुवाको कालिकास्थानमा अपाङ्ग भएका व्यक्तिहरूलाई लक्षित गरी सूचना , प्रबिधि, कृषि र पर्यटन सम्बन्धि तालिमको उदघाटन तथा अन्तरक्रिया सम्पन्न भएको छ । अपाङ्ग पुनः स्थापना केन्द्र रसुवा र कालिका गाउँपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा सभापति गोरमेन नेकोर थिए भने प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा थिए । बिशेष अतिथिमा अपांग समन्वय समितिको संयोजक मिरा लामा , कालिका गाउँपालिका ३का वडा अध्यक्ष फणीन्द्र न्यौपाने , कालिका गाउँपालिका २ वडा अध्यक्ष उमेश न्यौपाने थिए । अथितिमा महिला , बालबालिका जेष्ठ नागरिक शाखा नौकुण्ड गापाको प्रमुख सीता लामिछाने , महिला बालबालिका जेष्ठ नागरिक शाखा उत्तरगया गापाका प्रमुख अमृता थिए ।
स्वागत मन्तव्य संस्थाका पुर्व अध्यक्ष बिष्णुप्रसाद आचार्यले राखेका थिए । उद्यम विकास सहजकर्ता रामहरि देवकोटाले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रम संचालन गम्भीरमान लोले गरेका थिए ।
कार्यक्रम बोल्दै कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले अपांग भएका व्यक्तिहरूले अवसर पाएको खण्डमा सपाङ्गले जति नै काम गर्न सक्ने र स्थानीय निकायले अपांगहरूको क्षमता वृद्धिमा काम गर्नुपर्नेमा जोड दिए । यस्तै कालिका गाउँपालिका वडा ३ अध्यक्ष फणीन्द्र न्यौपानेले
अपांग भएका व्यक्तिहरूको सहारा हुन एवं विवेकपूर्ण काम गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने धारणा व्यक्त गरे । कालिका गाउँपालिका वडा ३ अध्यक्ष उमेश न्यौपानेले
स्थानीय निकायले गर्ने कामहरूमा अपाङ्गहरूको सहभागी हुनुपर्नेमा जोड दिए ।
अतिथिहरूले अपांगहरूको समस्या र समस्याको उचित व्यवस्थापनमा केन्द्रित रहेर आफ्नो धारणा व्यक्त गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE