आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

आन्दोलन – सुरेशकुमार पाण्डे

हजुरलाई थाहा छ ! देशभित्र तेस्रो जनान्दोलन चलेको ? “- दिनेशले धनराज सँग सोध्यो।
“खै चलेकै त होला ! हाम्रो देशमा आन्दोलनको सेवाय अरू के चल्छ र ? बिकास हुनेकुरा छैन विनाश नै त हो जसले जे गरेपनि।”- धनराज निरास हुँदै भने।
” धन्न नेपाल र नेपाली सर्वसाधारण जनता झेलेकै छन्।पहिले राणहरूले दाश बनाए र राज गरे ,देशलाई भुरे टाकुरे,बाइसे चौबिसेमा बिभाजन गरे।
राणाको जहानियाँ शाशन ढाल्न जनताले आफ्नो बली चढाए।न देशलाई फाइदा भयो न जनतालाई ।फाइदा राजाहरूले उठाए।फेरी राजतन्त्र फाल्न शंघर्ष गरे। घुमाई फिराई उनै राजाले सार्वभौम सत्ता हत्थाए।
देशका जनताले फेरी आन्दोलन गरे हजारौँ होनहार देशभक्तको हत्या भयो र साढे छ दशक पछि देशमा पहिलो पटक सम्विधान् सभाले सम्विधान् बनाउँन सफल भयो।”- सर्मिलाले इतिहास कोट्याउँदै भनिन्। ” केही त फाइदा भयो नी शंघर्ष नभएको भए गणतन्त्र आउँथ्यो त ?”- दिनेशले सर्मिलाको कुरा बिचैमा काट्यो र भन्यो।
” अहिले फेरी कस्तो खालको आन्दोलन् चलाउँने रहिछन् ? “- सर्मिलाले प्रश्न राखिन।
“खै दिजु ! अहिले त केको लागि चलाउँछन् ? खासै जानकारी छैन मलाई त।”-दिनेशले अनभिज्ञ जतायो।
“होइन जब थाहानै छैन भने फेरी कीन कुरा झिकेको त ? “- सर्मिलाले निदार खुम्चाउँदै भनिन्।
” हाम्रा सम्मानिय जेष्ठ नागरिक धनराजजीलाई थाहा छकी भनेर सोधेको दिजु मैले त !”- दिनेशले सफाइमा भन्यो।
” के हुने नी बरा ! काम गरून भने काम छैन, अनि केही त गर्नैपर्यो अहिले फेरी राजा ल्याउँनुपर्छ भनेर तेस्रो आन्दोलन् गर्ने अरे।”- धनराजले झर्किँदै भने।

दाङ घोराही १८
२१-०३-२०२५( ०८-१२-२०८१)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x