परिषद् दाङ शाखाद्वारा सष्टा सम्मान तथा पुरस्कृत गरिने


राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षझैँ यस वर्ष पनि वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान एवम पुरस्कृत तथा काव्य उत्सव गर्ने भएको छ ।
यस वर्ष पुरस्कार छनाैट समि तिले गरेकाे निर्णय अनुसार मनाेज वुढाथाेकिद्धारा स्थापित “यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार”बाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, लालबहादुर अार.सी लगायत रावत परिवारद्धारा स्थापित “वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार”बाट गायक प्रकाश रेग्मी र कृष्णप्रसाद अधिकारी (कृष्ण-गायत्री प्रतिष्ठान)द्धारा स्थापित “कृष्ण गायत्री प्रज्ञा पुरस्कार”बाट कवि एवम् समालोचक, अनुसन्धान कर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत एवम् सम्मानित गरिने भएको छ । सो प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा ‘समीर’ संयाेजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी रहनुभएको थियो ।
त्यसैगरी यस वर्ष परिषद् दाङ शाखाकाे भर्खरै सम्पन्न बैठकले तीनजना अग्रज स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेकाे छ । सम्मानित हुनेहरूमा साहित्यकार एवम समाजसेवी विनोद पाेख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ रहनुभएको छ । यही चैत १६ गते हाेटेल मालाइन घाेराही दाङमा “बहुभाषिक काव्य उत्सव”का बीच स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने छ भने चैत २३ गते हुने भनिएको सत्रौँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान, पुरस्कृत तथा बहुभाषिक काव्य उत्सव विषेश कारणबस चैत १६ गते शनिबारका दिन सारिएको राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले बताउनुभएकाे छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE