मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

गान्धी पिस फाउन्डेसनले अन्तर्राष्ट्रिय सम्मान कार्यक्रम गर्यो

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

पौष २८ ,काठमाडौ ।
गान्धी शान्ति फाउन्डेसन नेपालले मिसेस इन्डिया इन्टरनेशनल क्वीन दुबई तरन्नुम शेखलाई डक्टरेट उपाधी प्रदान गर्दै सम्मान गरेको छ।

अशोक स्तम्भस्थित अहिरे प्रतिस्पर्धा परीक्षा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गान्धी पीस फाउन्डेसन नेपालका ब्रान्ड एम्बेसडर प्रा डा आनन्द अहिरे, सामाजिक कार्यकर्ता डा सुवर्णा डोन्डेको उपस्थितिमा डाक्टरको उपाधि प्रदान गरेको हो ।

सो सम्मान कार्यक्रममा प्रा डा आनन्द अहिरेले उच्च शिक्षाबाटै समाज परिवर्तन हुने बताए । उनले बोल्नेक्रममा गान्धी शान्ति फाउन्डेसन नेपालका बारेमा जानकारी गराए।

यसैगरी,आफ्नो अनुभव बाँड्दै तरन्नुम शेखले आज पाएको डिग्रीले आफ्नो कामलाई थप प्रवद्र्धन गर्ने बताउँदै प्रतिष्ठानको शान्ति दूतका रूपमा चयन हुँदा आफ्नो कामलाई थप मजबुत बनाएको बताइन् । यसमार्फत संस्थाको कामलाई विश्वभर विस्तार गर्न आफ्नो ध्यान केन्द्रित हुने पनि उनले बताइन् ।

त्यस्तै, अहमदनगरका कृषिविद् सतीश सोनवणेलाई तरन्नुम शेखले डाक्टरको उपाधि प्रदान गरे। काव्य सम्मेलनको प्रारम्भमा वरिष्ठ साहित्यकार प्रा डा शंकर बोर्हाडेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

त्यसपछि कवि सम्मेलन भयो । कार्यक्रममा कवि माणिक गोडसे, अरुण घोडेराव, माधुरी अमृतकार, सटाना, कविता बिरारी, सन्ध्याराजनी सावकार, छाया सोनवणे, कवि अन्नासाहेब बडक, रमेश चौधरी, स्वप्निल धानेलगायतले विभिन्न विषयमा कविता प्रस्तुत गरेका थिए । आदित्य आमटे द्वारा कवि सम्मेलन आयोजना गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

3 2 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devendra
Devendra
10 months ago

Wow ! Grt achievement…
👌👍👏🌺👏🌺👏🌺

Kanchan
Kanchan
10 months ago

Congratulations dear Tarannum .Keep it up !!!

2
0
Would love your thoughts, please comment.x
()
x