सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले पायो नयाँ कार्यसमिति
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको दोस्रो अधिवेशन मिति २०८० भदौ २८ गते संस्थाका केन्द्रिय अध्यक्ष अजित क्षेत्री ज्यूको अध्यक्षतामा सम्पन्न भएको विधुतिय माध्यम ( जुम मिटिङ्ग ) बाट सु सम्पन्न भयो । संस्थामा मनोनयनमा परेका साहित्यकर्मीहरु बाट बुद्धिबल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
नयाँ कार्यसमितिको नामावली
१. बुद्धिबल श्रेष्ठ (नेपालगञ्ज) – अध्यक्ष
२. भैरवी भूगोल (नुवाकोट) – उपाध्यक्ष
३. मन्दिरा मधुश्री (काठमाण्डौ) – महासचिव
४. प्रभात सुवेदी (बर्दिया) – सचिव
५. टुकादेवी पौडेल आचार्य (तनहुँ) – कोषाध्यक्ष
६. सृष्टि मल्ल (स्याङ्जा ) – सदस्य
७. मुना आत्रेय (मोरङ) – सदस्य
८. रुपा थापा (नुवाकोट) – सदस्य
९. सुशीला शर्मा (सदस्य) – काठमाण्डौ
१०. कविराज भट्ट (कञ्चनपुर) – सदस्य
११. ईन्दु नेपाल योञ्जन (सुनसरी) – सदस्य
१२. गिरिराज डल्लाकोटी (चितवन) – सदस्य
१३. सुनिल अधिकारी (काठमाण्डौ) – सल्लाहकार
१४. असिम सागर (ललितपुर) – सल्लाहकार
१५, जि पि तिवारी ( मोरङ ) – संरक्षक
२०६९ सालमा युएईमा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई समेटेर साहित्यलाई अगाडि बढाउन लागि परिरहेको छ भने नेपालमा नेपाल शाखा साथै सातै प्रदेश शाखा बनाएर निरन्तर रुपमा जूम मार्फत कार्यक्रम गर्ने र प्रतेत्य वर्ष कविता / गजल लगायतका विविध प्रतियोगिता गर्दै आएको र विविध विधामा कलम चलाउनुहुने अग्रज साहित्यकार ज्यूहरुलाई सम्मान गर्ने गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE
🙏👍️