मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

टिकाराम पुन र मिना गुरुङ द्वारा भुकम्प पिडितलाई राहत उपलब्ध

  • 225
  •  
  •  
  •  
  •  
  •  
  •  
    225
    Shares

रुकुम (पश्चिम), आठबिसकोट वडा न.१० फलाटे स्थायी घर भई हाल अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका समाजसेवी टिकाराम पुन र निलकण्ठ ११ धादिङ बस्नुहुने बारम्बार दुखी पिडितलाई सहयोग गर्दै आउनुभएकी सहयोगी मन र कोमल हृदयको धनी मिना गुरुङले आर्थिक सहयोग गर्दै समाज सेवा गर्न दुरिले फरक नपार्ने कुरा पुष्टि गर्नु भएको छ। पुन लामो समय देखि समाज सेवामा सक्रिय रहेको समेत जानकारी प्राप्त भएको छ पुनले यो सुरुवात मात्र भएको र आगामी दिनहरूमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग निरन्तर गरिरहने बताएका छ्न।

२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट, सानोभेरी, चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षति पुर्‍याएको छ।

रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका क्षेत्र महामारी भूकम्पले दु:खमा परेकोबेला मानवीय सेवा नै जिबनको सर्वोतम सत्क्रर्मा हो भन्ने उदाहरण दिएका छ्न। मानवीय संकटको यो क्षणमा सहायताको लागी तपाइहरुले आफ्नो मेहनतबाट पुर्‍याउनु भएको योगदानको जतिसुकै प्रशंसा गरेपनी कमै हुन्छ । यो धर्तीमा अर्बौं सम्पत्ति आर्जन गरेका मानिसहरू प्रशस्त हुन्छन तर अरुको दु:खमा आफू दुख्ने र अरुको भलाइका लागी दिल खोलेर अगाडि बढ्ने विशाल हृदय जो कोहिसँग हुँदैन् ।

भुकम्प पिडितका लागि त्रिपाल र फाईवर सिरक सहयाेग गर्नुभएकाे छ ।
आठविसकाेट नगरपालिका रूकुम पश्चिम
त्रिपाल – ८० थान
सिरक – १२० थान
नलगाड  नगरपालिका जाजरकाेट
त्रिपाल – २१ थान
सिरक- २१ थान

अरुको दु:खलाई आफ्नै दुख ठानेर सहयोग गर्दै आउनुभएका युवा समाजसेवी  टिकाराम पुन र निलकण्ठ १३ धादिङ बस्नुहुने बारम्बार दुखी पिडितलाई सहयोग गर्दै आउनुभएकी सहयोगी मन र कोमल हृदयको धनी मिना गुरुङले रुकुम र जाजरकोट जिल्लामा बिनाशकारि भुकम्पमा परी घाइते भएका र घर भत्किदा औषधि लत्ताकपडा खाद्यान्न जस्ता अत्यावश्यकिय सामाग्रीको अभावमा रहेका मानिसको लागी पटक पटक गरेर लाखौं रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराउदै आउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x