आज पनि संसद अवरुद्द


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको १ क्वीन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।
आज संसदमा पहिला गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने बताइएको थियो । उनको सम्बोधनमा आफूहरूले राखेका माग सुनुवाइ भएमा संसद चल्ने अन्यथा चल्न नदिने एमाले प्रमुख सचेतक पदम गिरीले बताए । ‘हाम्रो माग सुनुवाइ हुनेगरी सम्बोधन भयो भने संसद चल्छ नत्र अघि बढ्दैन,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबारको भेटमा गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने र मागहरू सम्बाेधन गर्ने सहमति भएको माओवादी केन्द्रले बताएको थियो । तर, सोमबार कुनै सहमति नभएको गिरीकाे भनाइ छ ।
- १ बजेको लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE