यो देशमा अपराधीले सरकार बनाउँछ – सुरेशकुमार पाण्डे


गजल!
यो देशमा अपराधीले सरकार बनाउँछ,
राजधानीभित्र आफ्नो घरबार बनाउँछ।
होनहार देशभक्त युवा मर्छन खाडीमा,
नेता देश बेच्ने बिस्तारै आधार बनाउँछ।
गरिबले जस्को जोत उसैको पोत भन्दा,
उनैको छोरा नातिलाई औजार बनाउँछ।
रेमिटेन्सीले धानेको देश सदन आठोटा,
सरकार सधै रिणै रिणको भार बनाउँछ।
आखिर गृहयुध नभए कसरी मोटाउला,
जस्ले अन्दाधुन्द बेच्ने हथियार बनाउँछ।
गरिबलाई मार्छन गरिब मुक्तिकै नाउँमा,
त्यसैले त नेताहरू लाई गद्धार बनाउँछ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE