बिहिबार, पुस १८, २०८१
Thursday, January 2, 2025

लघुकथा :- मुर्दाघाट – सुरेशकुमार पाण्डे

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

छिट्छिटो गरौँ आकासबाट पानी पर्ने तैयारीमा छ! ” -जगमोहन आकासतिर हेर्दै भने।
” हजुरलाई पनि सधैँ हतार हुन्छ ।कम्तिमा यो समयमा त हतार नगरौं, सबै प्रकृयापुरा गर्नुपर्छ नी हामिलाई त ।”-पवन पुरोहितले जगमोहनको कुरा बिचैमा काट्यो।
“सर ! मलाई हतार भएको होइन बरू आकासबाट पानी पर्लाजस्तो देखेर भनेको मात्र हो ।”-जगमोहनले सफाइमा भने।
” मौसमको बारेमा हामिलाई पनि थाहा छ हजुरले भनिरहनु पर्दैन।”-ऊ फेरी चर्को स्वरमा बोल्यो।
जगमोहन तिर सबैले हेरिरहेको देखेर उनि सर्मिन्दा भए चुपचाप बसे।आकास कालो निलो भयो।पानी चुनैथालेको अबस्था सिर्जित भएको थियो।
जगमोहनका आँखापनि पहिल्यै देखि भिजिरहेकाथिए। “जगमोहन । सरले ठिकै भन्नुभएको छ अलि छिटो गरौँ।”-एकजना मलामीले आकासतिर हेर्दै भन्यो।
पुरोहित पवनले मन्त्र पढ्न थाल्यो चिसोको मौसम सबै मलामिहरू कठिङ्ग्रीयका थिए। मुर्दा मेलारामको छोरा कविराज सानै थीयो ।कसैले यसोगर कसैले उसोगर भन्दै अह्राउँदै थिए।
ऊ ब्याकुल देखिन्थ्यो।एकातिर बाबा मरेको पिर आर्को तिर मानिसहरूको अनावस्याक छुट्टाछुट्टै आदेश।
” मुखमा पैसा राख, घ्यू मुखमा राख ,ऊ त्यहाँ जलेको दियो राख,
” पहिले बाको खुट्टामा ढोग त्यसपछि लगाउ आगो “-पुरोहितले आदेश दियो।
कविराजले बाको खुट्टामा ढोग्यो र चितामा आगो लगायो।
त्यही वेला असिना र मूश्लाधार पानी पर्यो।
सबै मलामिहरू भागाभाग भए पण्डीत पवन पनि ओटलाग्ने ठाउँमा पुग्यो ।
अहिले एउटा रूखको तल थरथर काँप्दै मुर्दाको छोरा कवीराज र भाई जगमोहन ठिङ्ग उभिएका थिए।
नजिकै मेलारामको लाश असिना र पानीमा रूझ्दै थियो।
” मैले मेरा बाबाको नाममा अनेन्त्र गर्ने दान खर्चले यहाँ एउटा छानो बनाइदिन्छु।”- कविराजले जगमोहन सँग भन्यो।उस्को आंखामा आसु होइन विद्रोहको ज्वाला प्रष्टै देखिन्थ्यो।
दाङ घोराही १८
२७-१२-२०२४(१२-०९-२०८१)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x