गोकुल बास्कोटाको फेसबुकमा स्टाटस मादव कुमार नेपाल १ वर्ष प्रधानमन्त्री पक्का


नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक वर्षका लागि मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटा ले पछिल्लो सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन तथा प्रधानमन्त्रीको विश्वासको मतको विषयप्रति लक्षित गर्दै बताएका हुन् ।
‘ एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छ परोस्’, बाँस्कोटा ले आफ्नो फेसबुक पेजमा लेखेका हुन् । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुदैछ भने बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE