राष्ट्रिय बाणिज्य बैंक र छेडागाड नगरपालिका वीच सहुलियतपूर्ण कर्जा सम्वन्धी सम्झाैता सम्पन्न


राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र छेडागाड नगरपालिका जाजरकोट वीच सहुलियतपूर्ण कर्जा सम्वन्धी सम्झाैता सम्पन्न भयकाे छ ।
छेडागाड नगरपालिकाकाे तर्फबाट नगरप्रमुख रत्न बहादुर खडका, नगर उपप्रमुख चन्द्र ब थापा र राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रादशिक प्रबन्धक शिव प्रसाद चालिसे विच या् सम्झाैता हस्ताक्षर भयकाे छ ।
५ प्रतिशत सहुलियत कर्जामा २ लाख देखि ५ कराेड सम्म कर्जा पाउने छन ।
स्थानीय क्षेत्रभित्र स्थायी रुपमा बसोवास गर्ने नगरबासीहरुको जीवन यापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहजीकरण गर्न गराउन तथा उद्यमशिलता अभिवृद्धि गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र छेडागाड नगरपालिका जाजरकोट विच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य सम्झौता भयकाे हाे ।
जस अन्तर्गत छेडागाड नगरपालिकाको नगरकार्यापालिका बैठकको निर्णय बमोजिम उक्त नगरपालिकाको बडा नं.१, ३, ७, १० र १२ मा मात्र यो समझदारी कार्यान्वयन हुनेछ ।
कृषक ब्यक्ति ,कृषक समूह, उद्यमी, फर्मले कर्जा पाउने छन ।
कृषक समूह, उद्यमी, फर्म, कम्पनीलाई परामर्श वा मार्गदर्शन गर्न तथा उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी आधारभूत तालिम सञ्चालनका लागि सहकार्य गरियकाे छ ।
द्विपक्षीय समझदारीका निम्न उद्देश्यहरू रहेका छन
नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तरगत ब्यावसायिक कृषि तथा पशुपन्छी कजां कार्यान्वयनमा सहयोग पु-याउने । सहुलियतपूर्ण कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने
लक्षित कार्यक्रमको कार्यान्वयनले गरिबी निवारणमा महत्वपूर्ण योगदान गर्ने ।
उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सृजना गर्ने ।
उद्यमशीलता र स्वरोजगारको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु-याउने।
लक्षित कार्यक्रमहरूको कार्यान्वयनमा साझा उद्देश्य प्राप्तिका लागि सरकारी निकाय तथा वित्तीय संस्थाहरू बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्ने ।
वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजि समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने वाध्यताबाट रोकी उद्यमशीलता सँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पूँजिको स्वदेशमै नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग गर्ने ।
।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE