भोको पेटले सिकाउँछ संसार डुल्न – सुरेशकुमार पाण्डे

गजल!
भोको पेटले सिकाउँछ डुल्न संसार मानिसलाई,
ठोक्करले नै इस्पात बनाउँछ खुँखार मानिसलाई।
जन्मिदा सबै शिशु उस्तै जन्मिन्छन् सबैको घरमा,
परिस्थितिले मात्रै बनाइदिन्छ आधार मानिसलाई।
हाम्रो देशभित्र श्रोत साधनहरू भेटिन्छन् प्रसस्तै,
किन चाहिन्छन् बिनाकामका दरबार मानिसलाई।
साम्राज्यवादी कतै कसैको आफ्नो हुँदैन संसारमै,
बनाई दिन्छ लोभ र लालचले गद्धार मानिसलाई।
पुँजिवादी सम्रचना आफैमा भ्रष्टाचार हुन्छ साथी,
सुःख सुबिधाहरूले नै बनायो वेकार मानिसलाई।
हामी बुझ्नै पर्छ जन्मिएका सबै मर्छौँ त्यो सत्य हो,
किन भयो नभयकै स्वर्गको इन्तिजार मानिसलाई।
सुरेशकुमार पाण्डे १७-०८-२०२३
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE