मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

प्रकृति पुजन संस्कृतिलाई भुजेल जातिले मान्दै आएका छ्न

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

सामाजिक संजालमा तीखो रूपमा प्रस्तुत हुने बिषम प्हुगाल मुलतः सामाजिक , राजनीति र साहित्यिक व्यक्तित्व हुन । नेपाली धर्तीमा चलेको पहिचान आन्दोलनको सन्दर्भमा उनको बुझाई गहिरो रहेकोे छ । उनको कथा संग्रह आगोको खोरिया प्रकाशउन्मुख रहेको छ । आधा दर्जन भुजेल जाती सम्बन्धि लेखिएका पुस्तक सम्पादन , राष्ट्रिय /अन्तर्राष्ट्रिय भाषिक जर्नलहरुलाई लेख्दै आएका अध्येता विषम मिलनसार युवा हुन । बन्दिपुर तनहुँमा जन्मेका बिषमले आधा दर्जन भुजेल भाषाका गीतहरु समेत लेखेका छ्न । केही समय अगाडि चुनावमा समेत भाग लिएका उनी यो राज्य व्यवस्थाको वर्गीय चरीत्रलाई समेत बुझेका युवा हुन ।

१) म्याहङो इम्याहङअ नामक पुस्तक निकाल्नुभयो ? खास म्याहङो इम्याहङअ भनेको के हो ?

-भुजेल जातिले आफ्नो संस्कार ,संस्कृति अनरुप गर्दै आइरहेको जन्मदेखि मृत्यु कर्म , पितृपुजा देखि प्रकृतिपुजनको अनुसरण गर्ने नेपालीभावनुवादको रुप भुजेल भाषाको ” म्याहङो इम्याहङअ” हो । यसलाइ किराँत समुदायको “मुन्दुम/ मुन्धुम ” झैं भुजेल समुदायको “म्याहङो इम्याहङअ” भन्न सकिन्छ ।

२) म्याहङो इम्याहङअ विमोचनको अवसरमा तपाईंले ग्रन्थ पुजन गर्नुभयो ? भुजेल समुदायको यो परम्पराको महत्त्वबारे बताइदिनुस न ?

हजुर ग्रन्थ पुजन भुजेलहरुको बाजा पुतुङ ( राँगाँको सिङ” बजाएर उत्पति को कथा , भुमे सिमेको कथा , भुजेल जातिको बायो, पुजन प्रकृति पुजन ( जसमा , वायु , जल , जमिन , सुर्य , जमिन समाविष्ट छन ) को अराधनासहित , कुल सम्झेर , पित्री सम्झेर यस सम्बन्धीका नालिबेली मन्त्रात्मक रुपमा उच्चारण गर्दै पुजन विधि सम्पन्न गरियो ।
ग्रन्थ पुजन भुजेल समुदायमा निकै महत्त्वको विषय हो जातिको उत्पतिदेखि बचाउसम्मको कथा , कहानी मिथकलाई हामी पुजा गर्छौं । जसको आफ्नै विधि विधान हुन्छ । कतिपय स्थानमा ग्रन्थपुजनलाई अन्य संस्कतिसँग जोडेर हेर्ने पनि गरिन्छ तर त्यसो चाहिँ होइन ग्रन्थमा जातिको संस्कृतीलाई समावेश गरिएको हो । उसै त जातिको यी जिवित संस्कृतिहरु धेरै स्थानमा अवशेषको मात्रमा मात्र रहेको थियो । त्यसैलाइ जिवित गर्न पनि लगभग पछिल्लो समुदायले बिर्सेका कुरालाइ यसलाइ लेख्य रुपमा दस्तावेजिकरण गरिएर “म्याहङो इम्याहङअ ” ल्याइएको हो । जसलाइ पुजन आवश्यक थियो त्यसकारण पनि पुजनको विधि अपनाएर ग्रन्थ पुजन गरिएको हो ।

३) भुजेल समुदायभित्र रहेको प्रकृति पुजा संस्कृति कस्तो रहेको छ ?

-म्याह्ङो इम्याह्ङअमा कुरितिलाई स्थान दिइएको छैन तर यो जातिको संस्कार संस्कृति ( जन्मदेखि मृत्यु कर्म ) , सृष्टिको उत्पतिदेखि वचाउसम्म , भुजेल जाती समुदायमा प्रचलित विभिन्न खाले परम्परा , लोक जीवनमा प्रचलित र प्रयोग हुँदै आइरहेका सम्पुर्ण कर्मकाण्डको व्यवस्थित नालीबेली हो जसलाइ भुजेल भाषामा व्यवस्थित रुपमा लयबद्ध गरिएको छ । भुजेलहरु झाँक्रीवादमा विश्वास गर्छन झाँक्रीवादको प्रत्यक्ष सरोकार सामनिजमसङ्ग सम्बन्धित छ ।
यसकारण सामनिजम ( प्रकृतिपुजन ) को आधार केलाउने हो भने यो वैज्ञानिक छ भन्ने मान्न सकिन्छ ।
तपाइले गर्नु भएको जुन प्रश्न छ प्रकृति पुजाको संस्कृती यसलाइ भुजेल भाषामा “न्याम, ति, साराङ, हावसिरिङ म्हे एबेत फुइ ओहङो , ति अप , ओरो, लेओ, जेओ बयो गोइ”
यसरी म्याहङो इम्याहङको आफ्नै भाषाबाट प्रकृतिलाई आराधना गरिन्छ । जसको अर्थ घामको किरण , जमिनको बाली फलफुल हावाको अक्सिजन , आगोको ताप, जङ्गलको तरुल , पानीको प्यास हो । अब तपाइले बुझिस्क्नु भो होला नि ?

४ ) लामो समय पहिचानको विषयमा वकालत गर्दै आउनु भयो ? पहिचान र जातीय राजनीतिको फरक के हो ?

म पहिचानलाई जातिय राजनीति हो भन्ने तर्कलाइ व्यक्तिगत रुपमा सकारात्मक तर्क हो भन्दिन । अस्तित्वको संकटको विषय भनेको के हो ? किन नेपालमा नितिगत रुपमा जातिको अस्तित्व मेटाउन त्यो बेलाको राज्यव्यवस्थाले सत्ता प्रयोग गर्‍यो भन्ने कुरासँग दाँजेर हेर्ने हो आज उठेका पहिचानको सवाल कुनै जातिविशेषको मात्र हो त ? त्यो राज्यको सम्पति हो पनि भन्ने अनि जातिय पनि भन्ने ? “आर्यदेखि राउटे” सम्मको पहिचान संरक्षणको विषय जातिय होइन यो “राष्ट्रीय” हो । डाइनोसरलाई झैं हिजो सत्ताको डिजाइनमा कुनै पनि जातीलाई निमिट्यान्न पार्न खोजेको, हिजोको सत्ताले पढाएको गलत पाठ आजको दिनमा नकाम भैसक्यो नि !
यसकरण पहिचान र सभ्यताको सवाल जातिय होइन र हुन सक्दैन । यो देशमा सह अस्तित्वसहित सर्बजातिय पहिचानलाई राज्यको पहिचानसँग जोडेर एक मिनेट हेर्ने हो भने पनि आजको पहिचानको मुद्धा जातिय देखिदैन । जसले जातिय बुझिरहेका छन उनीहरुले बिस्तारै बुझिरहेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x