आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

चर्चित कलाकार एन्टिनाको संयोजनमा स्कुल एक्टिङ्ग आइडल हुने

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौ , बिगत साढे दुई दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय हास्यकलाकार घनश्याम तिमल्सिना उर्फ एन्टिनाको संयोजकत्वमा स्कुलका विद्यार्थीहरुको अभिनय,नाटय क्षमता र कलालाइ लक्षित गरि `स्कुल एक्टिङ आइडल´ नामक कार्यक्रम संचालित हुने भएको छ । यस कार्यक्रमका निम्ति अडिसनको थालली समेत भइसकेको छ। अब छिट्टै हरेक माध्यमिक तहका विद्यालयहरुमा गएर अभिनयमा रुचि राख्ने विद्यार्थीहरुको छनौट गरिने कलाकार एन्टिनाले जानकारी दिए ।

ख्यातिप्राप्त कलाकारहरुको निर्णायकमण्डलद्वारा पालिकास्तरिय स्कुल एक्टिङ आइडल हुँदै क्रमश: जिल्ला एक्टिङ आइडल,प्रदेश एक्टिङ आइडल र अन्तमा केन्द्रिय स्तरमा स्कुल एक्टिङ आइडल नेपाल घोषणा गरिने संयोजक तिमल्सिना बताउँछ्न । भन्छन् – `हाम्रो टिमले नेपालका हरेक माध्यमिक विद्यालयमा पुगेर अभिनयमा रुचि राख्ने विद्यार्थीहरुको पहिचान गर्नेछ र आबश्यकता परे अभिनय प्रशिक्षण समेत दिदै उनीहरुभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन लागि पर्नेछौ । अबको पाँच बर्ष लागिपर्नेछौ।´
दुईदशक अगाडिदेखी शैक्षिक डकुमेन्ट्री निर्माण गरेर स्कुल स्कुलमा प्रदर्शन गराउँदै देश दौडाहा गरेका तिमल्सिनाको यो अभियान काभ्रे,सिन्धुपाल्चोक ,दोलखा,रामेछाप र सिन्धुलीबाट सुरुवात भएको छ ।
आयोजक सँस्था जनतरङ्ग मल्टिमिडियाले रहेकोे छ। माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको आफ्नै मौलिक अभिनय कलाको प्रतिस्पर्धात्मक यो रियालिटी शोमा तिमल्सिनाको अलवा गीतकार मोहन घिसिङ र कलाकार नवीन गिरि समेत प्रत्यक्ष जोडिएका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x