मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

नेपाल उद्योग परिसंघको २१ औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको समेत बताए ।

निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता वर्तमान सरकारमा रहेको धारणा राखे । उनले पछिल्लोसमय अर्थतन्त्रमा सुधारका महत्त्वपूर्ण सूचकहरू देखा पर्दै गएको र प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सबलीकरण मात्रै नभइ देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x