शनिबार, चैत्र ८, २०८१
Saturday, March 22, 2025

गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ – बिप्लव

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।

मोरङमा आयोजित अन्तरसम्वाद कार्यक्रममा विप्लवले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिए । महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै दलका नेताहरुको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि चुलिएको दावी  गर्नुभयो।

चन्दले माओवादी, समाजवादी लगायत सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x