लोकतन्त्र – सुरेशकुमार पाण्डे

उन्लाई बा इज्जत वरी गरिएको छ ।’-जजले निर्णय सुनाए।
” सम्मानिय जज साहिब हजुरले यो निर्णय सुनाउँदासम्म मैले धेरै सजाय भोगिसकेको छु।”- श्रीप्रसादले आफ्नो कुरा राख्यो।
” के भन्न खोजेको तिमिले ?”- जज आश्चार्य हुँदै भने ।हलमा कानाखुसि सुरूभयो एकले आर्काको अनुहारमा हेराहेर भयो।
” म एउटा राज्यको प्रमुख मेरो त्यो राजपाठ खोसियो,मसँग दुइ वर्षसम्म सारिरिक मानसिक यातनाहरू गरियो।अहिले आएर मलाई वेकसुर छस् तँलाई हामिले छाड्छौँ भनेर कति सजिलै सँग यो अदालतमा भनियो। के मलाई मबाट खोसिएका त्यही अवस्था अदालतले प्रदान गर्नसक्छ ? “- श्रीप्रसादले अदालतको हलमा आफ्नो विचार राखे। हल फेरी स्वरगुल हुनथाल्यो ।
” अडर !अडर ! “- जजले काठको सानो घन उचाले र टेबुलमा बजार्दै भने। सुनेर सबै सान्त भए।
” यो अदालत नियम प्रकृयामा चलेको हुन्छ भावनामा होइन ! हामिलाई दुःख छ तिमि माथि भएको व्यवहार प्रति खेद प्रकट गर्दछौँ।
” जज साहिव अदालतले यो पनि छुट्टाउन सक्नुपर्ने कसैलाई लगाएको आरोप कुन नीयतले लगाइएको छ।”-श्रीप्रसादले फेरी आफ्नो विचार सुनायो।
” त्यही त अहिले सच्चाएर तिमिलाई बा इज्जत बरी गरेका छौँ।”- जजले सफाइमा भने।
“अहिले त मेरो जीत होइन उसैको जित भएको छ जसले झुटा आरोपमा मलाई फसायो र आफैले राज गर्दै छ। म वेकसुर भएर पनि राजपाठबाट बाहिर छु। “- श्रीप्रसाद खिसिक्क हांस्यो र अदालतको हलमा चारै तिर नजर घुमायो।
” उही शासक पछिल्लो सिटमा फूलको गुलदस्ता लिएर मुसुमुसु हांसिरहेको थियो।
” वाह लोकतन्त्र !”- श्रीप्रसादको मुखबाट सुस्तरी निस्कियो।
दाङ घोराही १८
०७-०५-२०२६ (२४- ०१-०२०८३)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE