शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत जम्मा

  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares

रातोनेपाल: पुस २९, उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यानको जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत सङ्कलन भएको छ । सम्पर्क समितिले गोंगबुमा आयोजना गरेको रक्तदान कार्यक्रममा म्याग्दीबाट काठमाण्डौमा बासोबास गर्नेहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्ला रक्तदानका लागि नमुना जिल्ला भएको बताए । उनले म्याग्दी जिल्लामा रगत अभावकै कारण कसैको ज्यान जाने अवस्था नरहेको बताउँदै विभिन्न जिल्लामा बसोबास गर्ने म्याग्देलीले समेत त्यहाँ रगतदानका लागि सचेतनामूलक कार्यक्रम गरी रक्तदातालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष चित्रबहादुर केसीले काठमाण्डौमा निजी तथा सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको सहजताका लागि रक्तदान कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा पनि रक्तदान सहित अन्य कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर थापाले गरेका थिए । काठमाण्डौ उपत्यकामा रक्तदान कार्यक्रम भएपनि अस्पतालमा रगतको खोजीमा बिरामीका आफन्त भौतारिनुपर्ने र समयमा रगतनपाउदा बिरामीको अकालमै ज्यान ज्यान नजाओस भनेर रक्तदान कार्यक्रम गरेको कुरा कार्यक्रमका अध्यक्ष चित्रबहादुर के सि ले गर्नु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x