मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

काठमाडौमा बस्ने रुकुमेली युवाहरूको नेतृत्वमा संकलन गरेको राहत सामग्री प्रभावित क्षेत्र पठाइयो

  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड  तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट, सानोभेरी, चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षति पुर्‍याएको छ।

रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका क्षेत्र महामारी भूकम्पले दु:खमा परेकोबेला काठमाडौमा रहेका रुकुमेली युवाहरूको संयोजनमा ने.क.पा. (माओवादी केन्द्र) बाग्मती प्रदेश अध्यक्ष आदरणीय नेता सरल सहयात्रीको पहलमा ४० थान बक्स टेण्ट र ३ बन्डल म्याट्रीक्स त्यस्तै गरेर ने.क.पा. (माओवादी केन्द्र)का केन्द्रिय सदस्य  अनिल शर्माको पहलमा महिला दिदिबहिनीहरुको लागि १०० थान तातो बर्को, १०० थान तन्ना र १०० थान लुङ्गि उपलब्ध बनाइदिनुभएको छ। उक्त  सामान सहित काठमाडौबाट भूकम्प प्राभावित क्षेत्रमा पठाईएको छ ।

 

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र उपचारार्थ सहजीकरणको लागि काठमाण्डौ उपत्यकामा रही समन्वय गर्न तिलक परियारको संयोजनमा एकराज केसी, गणेश खडका, हरिश्चन्द्र वि,.क. सुरेश प्रकाश केसी, चन्द्रप्रकाश रोकाय, सरोजकुमार बोहरा, हिरालाल केसी सदस्य रहेको टास्कफोर्स निर्माण गरेर रुकुमेली युवाहरु राहत संकलन कार्यमा जुटेका छन ।

भूकम्प प्रभावित क्षेत्रमा  राहत सामग्रीहरू पुर्‍याई घाइतेहरूको खोज र उपचारको लागि स्थानीय तहहरूसँग समन्वय गर्न तिलक परियारको संयोजनमा अनिल केसी, चुडामणि खडका, निर्माणकुमार बोहरा, दिपेश ओली र गणेश केसी सदस्य रहेको टास्कफोर्स तत्काल भुकम्प प्रभावित क्षेत्रमा गएका छ्न।

सहयोग जुटाउने प्रयास निरन्तर जारी छ, यी सामानहरु बाहेक अरु सामान पनि भोलि थप अरु गाडिमा पठाउने तयारी गरेको युवा नेता लोकेन्द्र यरिले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x