शनिबार, मंसिर २२, २०८१
Saturday, December 7, 2024

कतारी राजा फर्किए स्वदेश

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको बिदाइ गर्न विमानस्थल पुगेर थानीको बिदाइमा सहभागी थिए। नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबिच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएकोमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् ।
नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबिच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । थानी मङ्गलवार त्रिवि विमानस्थलमा ओर्लँदा उनलाई नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो । कतारी राजाको भ्रमणले नेपाल र कतारबिचको सम्बन्धमा थप सुदृढ हुने विश्वास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x