अर्जुन अधिकारीद्वारा आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक वितरण

शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारी ज्यूले आफ्नो जन्मदिनको अवसर पारेर जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ९ स्थित बागेश्वरी माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अध्यक्ष अधिकारीले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पोशाक वितरण कार्यक्रम आयोजना गर्नुभएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पोशाक पाएपछि विद्यार्थीहरू खुसी देखिएका थिए भने अभिभावकहरूले पनि यस्तो सहयोगले विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष अधिकारीले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका क्षेत्रमा प्रतिष्ठानमार्फत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले उहाँको यस कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE