शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

परम्परा – सुरेशकुमार पाण्डे

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

” किन रोइरहेको छ बाबु ?”-मिनाले रोइरहेको फुर्शे तिर हेर्दै भनि।
” खै कीन रून्छ म त हुक्क परें।”-साबित्रिले मन्टो घुमाउँदै भनिन्। मिना प्रहरी कार्यलयको आफिसियल काममा अस्थाई रूपमा काम लागेकी थिई।तर परायजसोले गाउँ घरमा सिआइडी गर्छे।गाउँका कुरा प्रसाशनमा पुराउँछे भन्ने गर्दथे र ऊ सँग सचेत रहन्थे।
” होइन हजुर यो बाबुको आमा अनि बालख यती चिच्याई चिच्याई रोएको छ । आमालाई आफ्नो बालखको बारेमा जानकारी हुनुपर्दैन ?”-मिनाले साबित्रि तिर हेर्दै भनि।
” के भनौँ हजुरलाई ? म आफ्नो काममा भित्र व्यास्थ भएँ ।हजुरलाई त थाहा छ हाम्रो घरमा स्वस्तानीको कथा चलिरहेको छ।घरमा पाहुना पनि आएका छन्।”- साबित्रिले आफ्नो समश्या बताई।
” खितितिति हासेको आवाज आयो ” – दश वर्षको बालख अचानक रूँदारूँदै हासन थाल्यो, उस्तै जोडसँग। मिनाले ऊ तिर हेरेर केही सोंचेको जस्तै गरी।
” दिदी त्यो भानिजलाई किन दिएको हो त्यो प्रसाद त्यसमा भाङ हालेको थियो ।उसले सप्पै खाए छ अब कहाँबाट बनाउने ?”- रोशनले मिनालाई हकार्दै भन्यो।
” एए बल्ल आयो खांटी कुरा बालखलाई छिट्टै अस्पत्ताल पुराऊ।अब तिमिले भन किन हालेको भाङ् प्रसादमा ?”-मिनाले सावित्रि सँग प्रश्न राखी। ” दिदी यो त हाम्रो परम्परा हो।”- साबित्रिले प्याच भनी।
दाङ घोराही १८
२९-१०-२०२५(१२-०७-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x