मङ्लबार, चैत्र ४, २०८१
Tuesday, March 18, 2025

रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares
गायक रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक भएको यो गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिकलगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।
गीतमा गायक रुद्रसेनले समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्माको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायक रुद्रसेन भन्छन्, “होली पर्वमा झुम्न चाहने सबैलाई यो गीत मनपर्नेछ ।”

उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 👇
https://youtu.be/BLb29WdRlb4?si=AgxSh–o_KdcYA-U

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x