मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

घोराही सिमेन्टको दादागिरी

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

कास्ट कम्पनी एन्ड सप्लायर्स का संचालक खिम डिसि र रोजा एण्ड ट्रान्सपोर्टका सञ्चालक गणेशा अधिकारी, यादव अधिकारि  आफुहरु उद्यमी भएको र आफ्नो उद्यमलाई हेप्ने काम भएको भन्दै प्रहरीमा उल्टोसुल्टो विवरण सुनाइएको गुनासो गरेकी छन् । रातोनेपाल सँग कुरा गर्दै गनेशा अधिकारीले उद्योग र कर्मचारीको विषयमा कुनै पार्टी विशेषलाई जोड्नु राम्रो नभएको बताएकी छन् ।

‘ठूला उद्योगको गल्ती नदेख्ने साना उद्यमको मात्र गल्ती देख्ने विषयले राम्रो गर्दैन, म पनि महिला उद्यमी हो, अन्यायमा पार्नुहुँदैन, प्रहरी र पत्रकारले यथार्थ विषय ल्याउनुपर्‍यो । कर्मचारीले गल्ती गरेका कारण समस्या भएको हो’, उनको भनाइ छ ।

प्रहरीले ठूला उद्योगका कुरा सुनेर साना महिला उद्यमीलाई हेप्नेगरी सूचना दिएर भ्रममा पार्न खोजेको उनको गुनासो छ । उनले यसले आफूलाई थप अन्याय भएको र न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।

‘फागुन २ गतेदेखि  घोराही सिमेन्ट उद्योगमार्फत कास्ट कम्पनी एन्ड सप्लायर्स का संचालक खिम डिसि सगरमाथा सिमेन्ट फेक्ट्रीमा काम गर्दै आएको विगत ४/५ वर्षदेखि रकम माग गरिएको हो, मेरो पाउनु पर्ने रकम पनि नदिएको र कामपनि नदिएको कारण कार्मचारीबीच सामान्य भनाभन भएकै कारण मेरो श्रीमान वसन्तराज अधिकारी, भाइहरू यादव अधिकारी र खिम डिसीलाई फागुन २ गतेदेखि गिरफ्तारी गरी अपराधीसरह व्यवहार गर्दै अझै पाँच दिन म्याद थप गरेको छ’ अधिकारीले भनेकी छन् ।

उनले भनेकी छन्, ‘यो अन्यायविरुद्ध फागुन ३ गतेदेखि बालबच्चासहित घोराही सिमेन्टको मुख्य कार्यलय काठमाण्डौ मीनभवन ट्रेड टावरमा धर्ना दिइरहेको छु तर मुख्य प्रबन्धक आदित्य शाङ्‌घाईले भेटसम्म नदिएको अवस्था छ, अनावश्यक मुद्दामा थुनिएका मेरो श्रीमान्‌लगायत कर्मचारीलाई तत्काल मुक्त गरी कास्ट कम्पनी एन्ड सप्लायर्स का संचालक खिम डिसि लगायत अन्य कामदारले  पाउनुपर्ने रकम उपलब्ध गराईदिनुहुन सहयोग गर्न  सबैलाई आग्रह गरेका छ्न  ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x