आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

बालेन शाहको राजयोग भए पनि सदुपयोग हुन नसकेको भिमेश्वर बाबाको दाबी

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । भिमेश्वर बाबा ( महाबीर थापा) ले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको राजयोग भएतापनि त्यसको सहि सदुपयोग हुन नसकेको दाबी गरेका छन् । एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै बाबाले बालेन शाहले आफ्नो ग्रहबल र ज्योतिषीय संकेतलाई गहिराइमा नबुझेको टिप्पणी गरेका हुन् ।
बाबा थापाका अनुसार बालेन शाहको जन्मकुण्डलीमा नेतृत्व, लोकप्रियता र सत्ता प्राप्तिको प्रबल योग देखिन्छ, जसलाई ज्योतिषीय भाषामा ‘राजयोग’ भनिन्छ । तर उक्त योगको प्रभाव सकारात्मक दिशामा लैजान ग्रहअनुसारको सोच, समय र व्यवहार आवश्यक हुने उनले बताएका हुन ।
“राजयोग हुनु मात्र पर्याप्त हुँदैन, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने ज्ञान पनि उत्तिकै आवश्यक हुन्छ,” बाबा थापाले भने, “बालेन शाहमा क्षमता र ग्रहबल छ, तर त्यसको सदुपयोग सही ढंगले हुन सकेको देखिँदैन ।”
उनका अनुसार ग्रहदशा, अन्तरदशा र समयचक्रलाई नबुझ्दा व्यक्ति भावनामा बग्ने, टकराव बढाउने र अवसरलाई कमजोर बनाउने सम्भावना हुन्छ । बालेन शाहको सन्दर्भमा पनि यही अवस्था देखिएको उनको विश्लेषण छ ।
थापाले समयमै आत्ममूल्यांकन, धैर्यता र सही मार्गदर्शन लिएमा बालेन शाहले आफ्नो राजयोगलाई सकारात्मक उपलब्धिमा रूपान्तरण गर्न सक्ने सम्भावना अझै बाँकी रहेको बताए । “सही समयमा सही निर्णय गर्न सके भविष्य अझ सशक्त बन्न सक्छ,” उनले जोड दिए ।
ज्योतिषीय विश्लेषणलाई लिएर समाजमा विभिन्न धारणा रहे पनि भिमेश्वर बाबा महाबीर थापाका यस्ता अभिव्यक्तिले सार्वजनिक व्यक्तित्वको नेतृत्व क्षमता र निर्णय प्रक्रियामाथि पुनः बहस सिर्जना गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x