मङ्लबार, जेष्ठ १२, २०८३
Tuesday, May 26, 2026

कुण्ठा – सुरेशकुमार पाण्डे

एक बजे भनेको होइन र सर कार्यक्रम ? चमनले उपस्थित सिनियर नेतासँग सोध्यो।
” हुन त हो साथिहरू आएका छैनन् मत समयमै आएको थिएं।”- नेता प्रदिपले भन्यो।
यतिका मिहेन गर्छौँ तरपनि विकास हुनसकेन, हाम्रो संगठनको उनै नेता प्रदिपले दुःख ब्यक्त गर्दै थपे। ” सर केहि त हामिभित्रै कमि छ की ? “- चमनले आफ्नो विचार पोख्यो।
” हामिमा त के कमि होला बरू आजको समाजमा सबैलाई चाहिएको पैसा नै हो।उनिहरूलाई पैसा दिएपछि आउने थिए !क्यारे !”- नेता प्रदिपले भन्यो।
आज सहिदी दिवशमा कार्यक्रम राखिएको थियो। ” होनी सर अहिलेको नयाँ जेरनेसनश त यस्ता कार्यक्रमहरूमा देखिनै छाडे । भबिश्य कस्तो होला हाम्रो ?”-चमनले पनि दुःख ब्यक्त गर्यो। ” सर बेनर लगाउँ ? “- एकजना युवाले नेता प्रदिपको नजिक आयो र सोध्यो।
” छिट्टै लगाउ ढिलाभयो ! सुन त यता देखाउ खोलेर !”-युवाको हातबाट बेनर तान्दै भन्यो। युवाले पनि बेनर खोलेर देखायो।
” सहिदको ‘स’ कस्तो हुन्छ थाहा छैन ? “-प्रदिपले हकार्दै भन्यो।” सर हामिले त शहिद लेख्दा यस्तै (श) लेख्छौं सर ! “-युवाले भन्यो। ” तिमिहरूलाई केही थाहाछैन के पढेका तिमिहरूले ?”-प्रदिपले युवालाई हकार्दै भन्यो।
” युवा केही वर्ष देखि संगठनमा सक्रिय काम गर्दै आएको थियो। उसले आफै पनि पेन्टरको काम गर्दथ्यो परायजसो निशुल्क बेनर छापेर सहयोग गरिरहन्थ्यो। ” सर ! हामिले त धेरैमा यस्तै लेख्दै आएका छौँ।”-युवाले सफाइमा विनम्रतापूर्वक भन्यो। “-गलति गर्ने फेरी पनि मसँग बहस गर्दा लाज लाग्दैन तिमिलाई ?” – प्रदिपले चर्को स्वरमा बोल्यो।
” सर ! अहिले त मैले बनाए अर्को पटक मलाई नभन्नु है सर ! अरू जसले यो लेखेर दिएका हुन नी उनैसँग हजुरले छलफल चलाउनु होला । ” उसले पर्चा प्रदिपको हातमा थमाउँदै भन्यो।
” संगठन प्रमुखको हस्त लेखित प्रचा देखेर प्रदिपले हेर्याहेरै भयो।उक्त युवा भने अब संगठनको संघार नै नकुच्ने निधो गरेर घरतिर लाग्यो।
दाङ घोराही १८
२६-०५-२०२६ (२०८३/०२/१२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x