उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

रक्तचाप उच्च भए शरीरमा रक्तसञ्चार सामान्यबाट उच्च हुने गर्छ। रक्तचाप उच्च भएमा हृदयाघात, स्ट्रोक, मिर्गौला फेललगायतका समस्या निम्तन सक्छन्। शरीरमा जब रगतको दवाव १२०/८० एमएम एचजी भन्दा उच्च हुन्छ तब व्यक्तिलाई उच्च रक्तचापको समस्या भएको मानिन्छ।उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ। बिना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोगहरू निम्त्याउन सक्छ।
उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
-नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ। यसले रक्तचाप बढाउँछ। त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन।
-पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ। त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ।
-जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ। त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ।
-अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ। यसमा भएको एन्टिअक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ।
-खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ। यसले ब्लड प्रेसर कम हुन्छ।
-हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ। यसमा रहेको एन्टिअक्सीडेटसले रक्तसञ्चार सुधार्छ। र ,यसमा रहेको भिटामिन सी रहन्छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE