लघुकथा :- बेवारिश -सुरेशकुमार पाण्डे
” यसका कुनै आफन्ती छैनन् समाजका मानिसले आफै चन्दा उठाएर लाश पोल्छन्। कसैले सोधिहाल्यो भने हामिले चिन्दैनौँ भन्नु “- क्रमचन्दले खेमचन्द सँग भन्यो।
यी दुई भाईले एउटा ट्रंसपोर्ट कम्पनी चलाउँथे।
सडकमा विरूको क्षतविक्षद् लाश थियो। एकछिनमै मानिसहरूको भिड लाग्यो ।प्रहरी पनि आयो भिडमा प्रहरीले सोधपुच्छ सुरूगर्यो। ” दीनु कहाँ जान खोजेको ?”-क्रमचन्दले आफ्नो आर्को ड्राईबरलाई उतै जानलागेको देखेर सध्यो।
” साहुजी त्यो लाश मेरो अङ्कलको हो।म प्रहरीलाई भन्दिन्छु।”-दिनुले रून्चे स्वरमा भन्यो। उस्को आँखा भिजेका थिए।
“सि.सि.चुप यता आऊ ! ” क्रमचन्दले दिनुलाई औंलाको इसारा गर्यो हातमा च्याप्प छोप्यो र भित्र लग्यो।
” हेर दिनु अब तेरो अंकल जिउँदो छैन ऊ मरिहाल्यो। अहिले तँ बिचमा नफस यदि बिचमा पुगिस भने यसको सव दहन लगायतको खर्च तँलाई ब्यह्रोनुपर्छ।एक दिन चुप बसेपछि लाश सामाजिक संगठनले वा प्रहरी आफैले पनि सब दोहन गरिहाल्छन्।
तैंले गरेको खर्च कतैबाट आउँने छैन।”-क्रमचन्दले थप सुझाव दियो। ” यसले पनि ठिकै भन्यो विनाकामको झमेलामा पर्नुभन्दा चिनेको नचिन्या गरेपछि आनन्दै हुन्छ।उसले मनमनै सोंच्यो। आँसु पुछ्यो र भित्र काममा जुट्यो।
” खेमचन्द प्रहरी सँग कुरा मिलाउँदै थियो।लाशको पञ्चनामा लावारिशमा भयो।सव दोहन भयो।
” खेमचन्द र क्रमचन्दले साँझ पख एउटा कारको कम्पनिमा गए र नयाँ कार लिएर आए।दिनुलाई पनि एउटा नयाँ साइकल किन्दिए।
” धन्य हुनुहुन्छ हाम्रो साहुजी दयालु हुनुहुन्छ।” -दिनुले सबै दु:ख भुल्यो। फ्रुक पर्यो र प्रसंसा गर्दै भन्यो
दाङ घोराही १८
१४-१२-२०२४(२९-०८-२०८१)
WRITE COMMENTS FOR THIS ARTICLE