बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

काठमाडौं ,नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले विद्यार्थीहरुले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकोले मेहनत गरेर अध्ययन गर्न सुझाउनु भयो । सफलता प्राप्त गर्न लगनशीलता र मेहनत जरुरी भएको बताउँदै प्रा.डा.अन्सारीले मेडिकल शिक्षामा किताबी ज्ञान बुझेर मात्र नहुने व्यवहारिक र प्रयागात्मक विधि बुझ्न जरुरी रहेको जिकीर गर्नुभयो । विद्यार्थीको सिकाईका लागि कलेजले हरदम सहयोग गर्ने बताउँदै आफ्नो धरातल राम्रो बनाउने गरी मर्यादामा रहेर मेहनत गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिनले कलेज ब्यवस्थापनका पक्षबाट विद्यार्थीलाई दिनुपर्ने सबै प्रकारका सुविधाहरु उपलब्ध गराईने बताउनु भयो । कलेजमा मेडिकल शिक्षा अध्ययनका लागि राम्रो वातावरण रहेको, फ्याकल्टीहरु अनुभवी र विद्यार्थीमैत्री रहेकोले विद्यार्थीहरुले पनि मेहनत गर्नुपर्ने जिकीर गर्नुभयो । एमविविएसमा भर्ना हुँदा शैक्षिक अभिमुखीकरण कार्यक्रममा बस्दाको क्षणको सम्झना गर्दै उहाँले सुरुका दिनहरुमा के होला ? कसरी जाने ? अन्यौलता भएपनि दोश्रो वर्षदेखि सहज बन्दै जाने बताउनु भयो । मेडिकल शिक्षामा अनुशासन, मेहनत र लगनशीलता सफलताको प्रमुख आधार रहेको उहाँको भनाई छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी लगायतले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x