आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

कैलालीमा एमालेको नवौं जिल्ला अधिवेसन जारी

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

नेकपा एमाले कैलाली नवौं जिल्ला अधिवेशनअन्तर्गत मतदान भैरहेको छ । मतदान बिहान ८ बजेबाट सुरू भएको हो।

कैलाली जिल्लाको आगामी नेतृत्वका लागि डेजी पाण्डे, यज्ञराज ढुंगाना र दुर्गाप्रसाद जोशी प्रतिस्पर्धामा छन्।

१५० सदस्यीय जिल्ला कमिटीका लागि ४८० जना प्रतिस्पर्धामा रहेको छन् ।
अध्यक्षमा तीन, उपाध्यक्षमा चार, सचिवमा तीन जना प्रत्यासी छन्। त्यस्तै महिला उपसचिवमा पाँच र पुरूष उपसचिवमा चारजना प्रतिस्पर्धामा छन्।

कैलालीको नवौं अधिवेशन फागुन ६ गतेबाट सुरू भएको हो।अधिवेशनमा ५९३ जना प्रतिनिधि रहेका छन् ।
नेकपा एमालेले २०८१ जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न परिपत्र गरेको छ।

अहिलेसम्म नौवटा जिल्लाको अधिवेशन सकिइसकेको छ। ५ वटामा निर्वाचन भएको र तीनवटामा सहमति भएको नेकपा एमालेले पुष्टि गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x