आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

सिटीइभिटीको अपारदर्शिता क्रान्तिकारीलाई मान्य हुँदैन : शाही

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

अखिल (क्रान्तिकारी) का उपमहासचिव उपेन्द्र शाहीले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) योग्य जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएपनि अहिले बिचौलियाहरुले खेलोफ़ड्को गर्दा यसको गरिमा गिरेको बताएका छन् । आज बालाजु स्कुल अफ इञ्जिनियरिङ्ग एण्ड टेक्नोलोजीको सातौँ क्याम्पस इकाई अधिवेशनलाई उद्घाटन तथा सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन् ।

देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न उनले सिटीइभिटी र यसको नेतृत्वलाई विभिन्न समयमा ज्ञापन पत्र मार्फत अखिल (क्रान्तिकारी)ले सुझाएको बताए । सिटीइभिटीभित्र हुने अपारदर्शीता र सुशासनमा छुट नहुने भन्दै नियमविपरीत भए क्रान्तिकारीले आन्दोलन चर्काउने शाहीले बताए । हालै सिटीइभिटीले अवैज्ञानिक र मनमौजी ढंगले वितरण गरेको सम्बन्धनको पनि क्रान्तिकारीले छानबिन गर्ने उनले बताए ।

इकाई अधिवेशनलाई केन्द्रिय सचिव सागर केसी, जगत भण्डारी लगायतले सम्बोधन गरेका छन् । सचिव केसीले अखिल (क्रान्तिकारी) को केन्द्रिय सम्मेलन समयमै हुने बताउंदै संगठन निर्माणमा लाग्न निर्देशन दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x