लघुकथा :- कुराभित्रको कुरा – सुरेशकुमार पाण्डे


L सर !किन यसरी एकान्तमा बस्नु भएको छ बैराकी झैँ ।भित्र कार्यक्रम चल्दै छ अँझै।”-निखील आफ्नो सिनियर भिमलाई एक्लै बसेको देखेर सोधे।
” निखिल भाई जीवन भनेको रमाइलो होइन एकान्त पनि हो।एकान्तको आफ्नै प्रकारको महत्व हुन्छ।”- भिमले उत्तर दिए।
” मलाई थाहा छ हजुरलाई मैले बिचारमा र व्यवहारमा समेत जीत्न सक्दैन।बिचारमा अब्बल उस्तै व्यवहारमा पनि हजुर बराबरको योगदान दिनसक्ने मैले अहिले सम्म देखेको छैन।”- निखीलले प्रसंसा गर्दैभने।
“होइन ! निखीलजी हजुरले गरेको प्रसंसा लाएक म छैन की जस्तो मलाई अनुभुती हुन्छ ।”- भिम उदास हुँदै भने।
“सर किन आज हजुरको कुरा बुझ्न अली गारोभयो मलाई ?”-निखील कान ठाडा गराउँदै भन्यो।
” मैले भन्न खोजेको कहिले काहीँ औषधीले पनि नोक्सान गर्नेरहिछ।”-भिमले फेरी पनि यथार्थ कुरा भनेनन्।
उनिहरूको कुरा चलिरहेकै वेला भिमका छोरा बुहारीको गाडी नजिकै आएर रोकियो।गाडीको आवाजले उनिहरू दुबैको ध्यान गाडी तिरै पुग्यो।
छोरा बुहारहरूको बेग्लै ठाट थियो हिल स्टाइलका सेण्डिल हातमा आई फोन,निखिललाई थाहा छ भिमले आफ्नो छोराको बिवाह एउटा गरिब भूमिहिन किसानको घरमा साधारण प्रकारको गराएका थिए।घरमै छोरी जस्तै पढाए र अहिले दुबै छोरा बुहारी नै जागिरे छन्।
” अंकल नमस्ते ” – भिमको छोरा प्रदिप र बुहारी नजिकै आएर निखिललाई नमस्ते गरे।
बद्लामा निखिलले पनि दश औँला जोडेर खिसिक्क हाँसे।
” बाबा ! हामि केही महिँनाका लागि विदेशको भ्रमणमा जाँदै छौँ।हजुर नजिकैको वृद्धाश्रममा मैले कुरा गरिसकेको छुँ।त्यहाँ आफै जानुहुन्छ की हामिले छोडेर आउँ ?”-प्रदिपले सुर्केश भुँइमा राख्दै भन्यो।
” बल्ल कुराभित्रको कुरा बुझियो।”-निखिलले सुस्तरी भिमको आँखा सँग आँखा मिलाएर भन्यो।
दाङ घोराही १८
०४-१२-२०२४(१९-०८-२०८१)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE