अखिल( क्रान्तिकारीद्वारा ) “जातीय छुवाछुत विरुद्ध हाम्रो भूमिका” शीर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने


अखिल( क्रान्तिकारीद्वारा )आयोजित यही मिति २०८१ साल असार ९ गते जाजरकोट जिल्लाको भेरी नगरपालिका गैरीखालीमा जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।
“जातीय छुवाछुत विरुद्ध हाम्रो भूमिका” शीर्षकमा बक्तित्वकला प्रतियोगिता हुने प्रतियोगिता अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रदिप शर्माले बताए । अखिल( क्रान्तिकारीद्वारा ) सबै विद्यार्थी भाई बहिनीहरुलाई भाग लिन अध्यक्ष प्रदिप शर्माले आग्रह गरेका छन् ।
जसमा प्रतियोगीहरूलाई नगद पुरस्कार प्रमाणपत्र र मेडल पनि प्रदान गरिनेछ। प्रथम पुरस्कार रु २००००/-, द्वितीय पुरस्कार रु १५०००/- , तृतीय पुरस्कार रु १००००/-, सान्त्वना पुरस्कार रू :५०००/-
आज पनि हाम्रो समाजमा सामाजिक व्यथितिहरू सामाजिक विकृतिहरू सामाजिक विभेदहरू यत्रतत्र हामी देख्न सक्छौं
हिजो १० वर्षे महान जनयुद्धको क्रममा हाम्रो पार्टी हाम्रो संगठनले यस्ता सामाजिक विभेदका विरुद्ध सशक्त रुपमा आन्दोलन गर्दै आएको पनि तपाईहरु सबैलाई सर्वविदितै छ ।
हामी समुन्नत समाजको परिकल्पना गर्छौं हामी समान र समतामूलक समाजको हामी वकालत गर्छौं।
प्रतियोगीहरूले फोन गरेर आफ्नो नाम समावेश गर्न सकिने आयोजक कमिटीले जनाएको छ।
सम्पर्क व्यक्ति अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रदिप शर्मा
9842796762
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE