मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समिर के.सी.र विद्यालयका प्रधानअध्यापक नवराज न्यौपानेले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर ७ मा रहेको ज्ञानकुञ्ज आधारभुत विद्यालयमा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई वडा सदस्य के.सी. र सोही विद्यालयका प्रधानअध्यापक न्यौपानेले व्यक्तिगत लगानीमा न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो ।

आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका के.सी.र प्रधानअध्यापकले ४५ हजार वरावरको लगानीमा स्वीटर खरिद गरी विद्यालयका छात्र तथा छात्राहरुलाई वितरण गरीएको वताईएको छ । जाडोयाम लाई मध्यनजर गरी उनीहरुलाई न्यानो कपडा वितरण गरीएको विद्यालय प्रसाशनले जानकारी दिएको छ ।

साथै सोही विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम पनि वितरण गरीएको छ । ज्ञानकुञ्ज आधारभुत विद्यालयमा काठमाडौं अन्तराष्ट्रिय अध्ययन केन्द्र अन्र्तगत ( किस नेपाल) ले विद्यालयमा अध्ययनरत २५ जना विदार्थीहरुलाई जनही रु ३ हजारको दरले ७५ हजार रुपैया छात्रवृती स्वरुप रकम वितरण हो ।

उक्त संस्थाले सामुदायिक विद्यालयहरुमा अध्ययनरत विदार्थीहरुलाई शैक्षिक सामाग्री, आधुनिक प्रवृधि वाट शिक्षण सिकाई, छात्रवृत्ति ,कम्प्युटर ल्याव, लगाएतका क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x