रसुवा एमालेका दुई नेता नेपाली काङ्ग्रेसमा प्रवेश

नेपाली कांग्रेसको बलियो उपस्थिति रहेको रसुवामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाका दुई स्थानीय नेताहरू पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
काङ्ग्रेस प्रवेश गर्नेमा नेकपा एमाले रसुवाका जिल्ला कमिटी सदस्य तथा उत्पीडित मुक्ति समाजका केन्द्रीय सदस्य शंकर श्याबा र एमाले कालिका गाउँपालिका कमिटी सदस्य सरोज रहेका छन्। यी दुवै नेताहरूलाई केन्द्रीय सदस्य मोहन आचार्यले पार्टीको खादा ओढाएर औपचारिक रूपमा नेपाली काङ्ग्रेस रसुवामा स्वागत गरेका हुन् ।
यो घटनाले रसुवाको स्थानीय राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। विश्लेषकहरूका अनुसार, एमालेका सक्रिय तथा प्रभावशाली नेताहरू नै निरन्तर रूपमा पार्टी छोडेर नेपाली कांग्रेसतर्फ आकर्षित हुन थालेपछि जिल्लामा एमालेको संगठनात्मक संरचना कमजोर बन्दै गएको स्पष्ट संकेत देखिएको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE