बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

सहकारी ठगीमा पक्राउ परे रबि लामिछाने

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले उनलाई पक्राउ

आजै उनका सहकर्मी छविलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थप गरेको छ । असोज १७ गतेदेखि लागु हुने गरी उनलाई उक्त समय म्याद थप गरेको हो ।

रवि र छवि दुवै थुनामा रहने भएका छन् । गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो ।

आइतबारमात्र कास्की जिल्ला अदालतमा पेस गरिन्छ । शनिबार बिदा भएकाले प्रहरीले आइतबारमात्र उनलाई कास्की जिल्ला अदालतमा पेस गर्नेछ । अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्ने संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्नेछ ।

सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ । आइतबार रविलाई अदालतमा पेस गरिएपछि सरकारी वकिलहरूले बहस गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x