मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन – नेपाल

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने बताए । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा (एस) मा प्रवेश गरेका थिए ।

विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ (क) का पार्टी इन्चार्ज रहेका छन् भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष हुन् । अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x