शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

राष्ट्रिय मातृभुमी पार्टीले वायु सेवा निगमबिरुद्ध अख्तियारमा दियो उजुरि

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

जेठ २१काठमाडौ।
राष्ट्रिय मातृभुमी पार्टी नेपालले आफ्नो अभियान अन्तर्गत नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार र बेतिथी विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डे,वरिष्ठ नेता क्याप्टेन केबि लिम्बू,महासचिव गोविन्द गिरि लगायतको टोलीले उजुरी दर्ता दिएको हो। जसमा क्याप्टेन केबि लिम्बू वायु सेवा निगमको पुर्वमहाप्रबन्धक समेत हुन् ।
नेपाल वायुसेवा निगममा वर्षौदेखी भ्रस्टाचार,बेतिथी अनि सस्थानलाइ डुबाउने कार्य समेत भैरहेको हुनाले सत्य तथ्य तत्काल छानबिन हुनैपर्छ र दोषिलाइ कडा भन्दा कडा कारबाही गरिनैपर्छ भन्दै उजुरी दर्ता गरिएको पार्टीका वरिष्ठ नेता क्याप्टेन लिम्बुले संचारकर्मीसंग कुराकानीमा बताए ।
यस्तै पार्टी महासचिव गोविन्द गिरिले पनि निगममा छानबिन हुनेछ,दोषिलाइ कारबाही गरिनेछ भन्ने अख्तियारमा पुर्ण विस्वास छ भने।
सो पार्टीले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझाव तत्काल लागु गर्न जेष्ठ १३ मा ध्यानाकर्षण गराई वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x