इमानदारको छवि बनाएका सरल र सालिन हिक्मत शाही क्षितिज प्रतिनिधि सभाको चुनाबमा मुगुबाट आकान्क्षी

फल नमिठो भए रुख काट्न सकिन्छ तर जमिन नै बाजो राख्न हुन्न बाकि सुन्दर बोट हरु रोपेर मिठो फल खान सकिन्छ ।बिगत लामो समय देखि सबै चिज हुदा पनि केही नभएको जिल्ला मुगु जिल्लाका जनताले फल त फलाए तर चाक्न पाएका छैनन जनता केवल प्रयोगशाला भैरहे नेता सधै मालिक ,नेताहरु को नजिकको मित्र भष्ट्रचार अनियमितता र आसेपासे भैरह्यो तर जनता सधै दुखको रेखा भन्दा कहिलै माथी उठ्न सकेनन , हामी बारम्बार तिनै पुराना नेता र पुरानै सोच र प्रबिधिको मतियार बनिरहयौ,यसपटक भाद्र २३-२४को जेन्जी आन्दोलन ले देशलाई जबर्जस्त नया दिसामा मोड्यो, केही नयाँ र नयाँ जोस बिचारको उदय भयो सोही अनरुप यसपटक जेन्जी सरकार द्वारा हुने फाल्नुण २१ को प्रतिनिधि सभा सदस्यको चुनाबमा मुगालीले पनि केही पृथक सोच्नै पर्ने देखिन्छ। देशले नवीन नेतृत्व खोजेको बेला मुगुले उहीँ पुराना भष्ट्र अनुहारलाइ भोट हालेर थप जिल्लालाई उदोगती तिर धकेल्ने छुट छैन , मुगुले जन्माएका राम्रा ब्याक्तीले यसपटक हिम्मत गर्नु होस ,भष्ट्रको जालो तोडन आसेपासेको चट्टान फोड्न मुगुलाइ बिकाश सङ जोड्न र तपाईं तयारी हुनु होस, हुन्न भने म तयार छु मलाइ यो अबशर र चुनौती सङ लड्ने शक्ति र आशीर्वाद दिनुहोस।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE