डा.माबोको डोलीभर्ना कथासंग्रह सार्वजनिक

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष एवं साहित्यकार डा.चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना सार्वजनिकभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा एक कार्यक्रमका बिच कथासंग्रह सार्वजनिक भएको हो। प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतले संयुक्त रुपमा कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गर्नुभएको हो । कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नु भएको थियो ।
नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका माबोले पुर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित रहेको बताउनु भएको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE