मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

डा प्रसाईंले सिड्नीमा चुमे ऐतिहासिक बिस्वकपको स्वर्णपदक

  • 526
  •  
  •  
  •  
  •  
  •  
  •  
    526
    Shares

रातोनेपाल: कात्तिक ५ ,काठमाडौ। नेपाल कराते महासंघ केन्द्रिय उपाध्यक्ष ,गोजुरियो प्रेसिडेन्ट तथा चर्चित गीतकार डा.ओम कृष्ण प्रसाईंले अष्ट्रेलियाको सिड्निमा विस्वकपको स्वर्णपदक जितेका छन् ।

अन्तर्राष्ट्रिय स्पोर्ट्स कराते संघको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा गत अक्टोबर २०देखि २२ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट प्रसाईले स्वर्ण पदक हात पारेको हो।

विभिन्न चरण पार गर्दै डा. प्रसाईले आफ्नो बिधा कुबुदो तर्फ स्वर्ण पदक हात पारेका हुन् ।ऐतिहासिक पदक प्राप्त गरेपछि निकै उत्साहित हुदौ उनले मुलुकको पदक भित्र्याउन पाउँदा गर्व महसुस गरेको बताए ।

उक्त प्रतियोगिताको उदघाट्न सत्रमा अस्ट्रेलिया स्थित लिभरपुल सिटिका मेयर नेट मननले नेपाली खेलाडीहरुले उच्च प्रदर्सन गरेको समेत आफ्नो मन्तव्य क्रममा उच्च प्रशन्सा व्यक्त गरेका थिए।

विस्वभरका करिब ४१ रास्ट्रका सम्मीलित प्रतियोगितामा मार्शल आर्ट्सका १७ बिधा समाबेश गरिएको थियो।
सो प्रतियोगितामा १२सयको संख्यामा खेलाडी सहभागी भएका थिए। ४७ बर्सिय डा.प्रसाईले सन् २००६ मा पनि साउथ अफ्रिकाको केपटाउनमा भएको बिश्व च्याम्पियनसिपमा यसै बिधामा कास्य पदक प्राप्त गरेका थिए ।
बहुप्रतिभाका धनी उनको पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा गीत लेखनमा समेत सकृय बढेको छ।केही दिन अघि मात्रै डा.प्रसाईंको शब्द जसमा रचना रिमाल,राजेस पायल राइको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x