लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको दिप प्रज्ज्वलन कार्यक्रम सप्पन्न


काठमाडौं ,लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको काठमाडौंमा दिप प्रज्ज्वलन गरी ०८१ मङ्सिर २४ गते साँझ दिप प्रजोलन गरिएको छ । “हामीसबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको ऐक्यबद्धता ” भन्ने मुलनाराका साथ दीपावली गरी कार्यक्रम समापन गरियो।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान समता अभियान संस्थाको आयोजनामा काठमाडौंस्थित बानेश्वर पार्कमा दिप प्रज्ज्वलन गरिएको हो । उक्त दिप प्रज्ज्वलन कार्यक्रममा समता अभियान संस्थाकी अध्यक्ष सरिता शिवभक्तीले बोल्दै महिला हिंसा विरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनु भयो ।
महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटना छिटोछरितो तरिकाले कारबाही हुने गरी कार्य गरिरहेको उल्लेख गर्नुभयो ।
अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइने सो अवसरमा जानकारी दिइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE