मजदुर दिवस – सुरेशकुमार पाण्डे
संसार भरिका मजदुरले जहाँ १३४औं मज्दुरदिवस मनाउँदै छन्।व़ही आज मज्दुरहरूको अधिकार खोसिएको र मज्दुर छिन्न भिन्न भएको अवस्था पनि जटिल र उस्तै दर्दनाक छ।अहिले मज्दुरले आफूलाई मज्दुर भन्नपनि लजाएको अबस्था छ।पुँजिवादका ठग वेइमानहरूले स्वायम मजदुरको बिचमा आ आफ्ना एजेन्टहरू घुसाएर मज्दुरहरूलाई टुक्रा टुक्रामा बिभाजित गरेको अहिलेको अबस्थामा पनि झन मज्दुरदिवसको ऐतिहासिक महत्व छ।अहिलेको अवस्था स्वतन्त्रताको ढोंगपिटेर गरिब श्रमजिवीहरूको भविश्य सँग खेलवाड गरिंदैछ।अहिलेको स्वतन्त्रता भनेको पुँजिपतिहरूको लागी नै हो।
एक में लाई नियालेर हेर्दा मज्दुरहरूको त्याग र बलिदानी आन्दोलनको लामू पृष्ठभूमि त छंदै छ।तर कार्यदिवसमा समयको निर्धारितमा पनि मई दिवसको अटुट् सम्वन्ध छ।जुनवेला सुर्य उदाए देखुन अस्ताउँदा सम्म मज्दुरहरूलाई कजाउँने प्रथा थियो।१२देखी १८/२० घन्टा सम्म मज्दुरहरूलाई काम गर्नुपर्दथ्यो।त्यसको बिरूद्धमा उन्नाइसौं शताब्दिमा अमेरिकी मज्दुरहरूले आवाज उठाएकाथिए।सन१८०६मा अमेरिकाको सरकारले फिलाडेल्फियाका हड्ताली मोचिहरूका नेताहरूमा साझिसको मुकद्मा चलाए।यिनै मुकद्माहरूमा यो बिषय प्रष्ट भएको थियो।मज्दुरहरूलाई१९/२०घन्टा सम्म काम गराइन्थ्यो।उन्निसवी सदिको दोस्रो र तेस्रो दसक कामका घन्टाहरू कमगर्नको लागि गरिएको हड्तालले भरिएको छ।कयौं उद्धोगिक केन्द्रमा त कामको समय दश घन्टा गर्ने मागपनि उठाइयो।
“मैकेनिक्स युनियन आँफ फिलाडोल्फिया”लाई दुनियाँको पहिलो ट्रेडयुनियन मानिन्छ।जो १८२७मा फिलाडोल्फियामा कामको समय दश घन्टा निर्धारित गराउँनको लागी निर्माण उद्धोगमा एउटा हड्ताल गराउँने श्रेर्यपनि यसैलाई जान्छ।
सन १८३४मा न्यूयार्कमा नानवाइहरूको हड्तालको द्वौरान”वर्किंग मेन्स”नामको अखबारले छापेको थियो- पाव रोटी उद्धोगमा लागेका कारिगर वर्षौं मिश्रका गुलाम भन्दापनि बढि यातना झेल्दैथिए।उनिहरूलाई १८/२० घन्टा त्याहाँ काम गराइन्थ्यो।उनिहरूका छोरा छोरीलाई आफ्नो बा कुन हो कतिवेला घरमा आउँछ कतिवेला काममा जान्छ भन्ने अनुमान लगाउँन नसक्ने अबस्था सिर्जित भएको थियो।
जहाँ अत्याचार हुन्छ त्यहाँ बिद्रोह पनि हुन्छ।भनेको जस्तै यो इलाकाहरूमा दश घन्टाको कार्य दिवसको मागले छिट्टै आन्दोलनको रूपलियो।
हुँन त यो आन्दोलनलाई १८३७को त्यो सङ्कटले बाधापुरायो।’
तरपनि यो आन्दोलन दिनप्रतिदिन बिकसित हुँदैगयो।यही द्वौरान बाँन ब्युरेनको सङ्घिय सरकारलाई कर्मचारिहरूका लागी कामका घन्टा दश गर्ने घोषणा गर्नैपय्रो।सन्सारभरिका मज्दुर कर्मचारिहरूले कामको निर्धारित समय दशघन्टाको मागलाई लिएर अगाडिका दशकहरूमा तृव शङ्घर्षहरू गरेकाछन्।जस्तै-जस्तै केही उद्धोगिक क्षेत्रमा यो माग मानियो त्यही प्ररकारले उनिहरूले आठ घन्टा कामको समय निर्धारित गर्ने माग अगाडी सारे।पचासको दशकको द्वौरान लेवर युनियनलाई सङ्गठित गर्ने गतिविधिले पनि यो नयाँ मागलाई काफि फाइदा मिल्यो।
हुँन त १८५७को सङ्कटले यसमाथिपनि अवरोध तेर्छायो।यो माग केही सुसङ्गठित उद्धोगहरूमा यो सङ्कट आउँनु अंघिनै मानिएको थियो।त्यो आन्दोलन अमेरिकामा मात्रै होइन बरू हर त्यो ठाउँमा प्रचलित हुँदैगयो जाहाँ पुँजिवाद उभारमा आउँदैथियो।त्यहाँ मज्दुरहरूको शोषण भएको थियो।यसबारेमा यसरी पनि प्रमाणित भएकोथियो।अमेरिका बाट पृथ्वीको अर्को कुनामा स्थित अस्ट्रीलियामा निर्माण उद्धोगका मज्दुरहरूले यो नारादिएका थिए “आठ घन्टा काम,आठघन्टा आराम,र आठ घन्टा मनोरञ्जन”यो उनिहरूको माग १८५६मा मानियो पनि।अमेरिकामा सन१८८४मा “कामका गन्टा आठ गरौं”आन्दोलनबाट सुरूभयो।हुँन त यो भन्दा पहिलो पिडिलेपनि एउटा राष्ट्रिय श्रम संगठन”नेश्नल लेवर युनियन”ले जस्ले एउटा जुझारू संगठानिक केन्दर्को रूपमा बिकसित हुँने आसजगायो।छोंटो कार्यदिवसको लागी आवाज उठाएको थियो।उसले यसमा एउटा आन्दोलन खडागर्ने प्रस्ताब पनि राखेको थियो।
गृहयुद्ध को प्रथम वर्ष (१८६१-६२)ले केही राष्ट्रिय ट्रेड यूनियन लोप हुँदै गएको देखियो।यो संगठन युद्ध सुरूहुँनुभन्दा ठिक पहिले बनेको थियो।यसमा “मोल्डर्स यूनियन मेकिनिष्ट्रस र ब्लैकस्मिस्थ यूनियन प्रमुखथिए।अगाडिका केही वर्षहरूमा केही स्थानिय श्रमिक संगठनहरूको राष्ट्रिय स्तरमा एकिकरण पनि भएकोथियो।यिनी यूनियनहरूलाई एउटा राष्ट्रिय सङ्गको आबस्याकता देखियो।२० अगस्त १८६६मा नेश्नललेवर यूनियन बनाउँनेवाला तिन ट्रेड यूनियनका प्रतिनिधि बाल्टिमोरमा मिलेर राष्ट्रिय संगठनको निर्माणको लागी जुन आन्दोलन चलाएका थिए।त्यसको नेतृत्व विलिएम एच सिल्विसले गरेकाथियो।उनि पूर्वगठित “मोल्डर्स यूनियनको नेताथिए।
अमेरिकामा सन् १८८९ मा नै टहिलो मईलाई त्यो दिनको रूपदिइयो।जुनदिन दुनियाँ भरिका मज्दूर आ आफ्ना पार्टी र ट्रेडयूनियनको रूपमा संगठित हौँन र आफ्नो सबैभन्दा महत्वपूर्ण माग “राजनीतिक माग”आठ घन्टाको कार्यदिवसको मागका लागी शङ्घर्ष गरून्,पेरिस कांग्रेसको यो महत्वपूर्ण निर्णय शिकागोमा पाँच वर्ष पहिले लिएको एउटा निर्णय बाट प्रभावित थियो।”यो निर्णय पाँच वर्ष पहिल्यै शिकागोमा एउटा नवनिर्मित अमेरिकी मज्दुर संगठन-“द फेड्रेशन आँफ अर्गेनाइज्ड् ट्रेड एण्ड लेबर यूनियन आँफ द यूनाइटेड् स्टेट्स एण्ड कनाडा” जसले पछि शंक्षिप्तमा आफ्नो नाम “द अमेरिकन फेडरेशन आँफ लेबर”को नामले प्रशिद्ध भयो।यसैका प्रतिनिधीहरूले निर्णयलिएका थिए।
७अक्टुवर सन १८८४मा यो संगठनको चौथो सम्मेलनमा निम्ननुसार निर्णयहरू पारित भएकाथिए- ” फेडरेशन आँफ अर्गेनाइज्ड ट्रेड एण्ड लेवर यूनियन्स आँफ द यूनाइटेड स्टेस एण्ड कनाडा” यो तय गर्द छ की पहिलो मई १८८६बाट आठ घन्टाको कार्यदिवस बैध् कार्यदिवस हुने छ।र हामि मज्दुर संगठनहरू सँग आवहान गर्दछौं की इनि आ आफ्ना अधिकार क्षेत्रनुसार आफ्नो नियमलाई यस्तो निर्धारित गरौं की यही प्रस्ताबको अनुकूल हौस्।
नाइट्स आँफ लेबरको नेतृत्वको गद्धारीको वाबजूद१८८६मा लगभग ५लाख मज्दुरहरूले आठ घन्टा कार्यदिवसको मागलाई लिएर” कामका घन्टा आठ गरौं”प्रत्यक्ष सहभागि भए।
हड्तालको केन्द्र त्यो वेला शिकागो थियो।याहाँ सबैभन्दा बढि हड्ताल भएकोथियो।अमेरिकन फ्रेडरेशन आँफ लेबर पार्टिले ,दिसम्बर १८८८आफ्नो प्रटबुई सम्मेलन पहिल्यै नै यस्तो प्रदर्शनको लागी पहिलो में १८९०दिन तय गरिसकेको थियो।यसैले यो दिनलाई अन्तरराष्ट्रिय प्रदर्शनको लागी स्विकार गरिन्छ।बिभिन्न देशका मज्दुरहरूका लाई आ आफ्नो देशको मौजुद परिस्थितीनुसार यो प्रदर्शनलाई अनिवार्य आयोजित गर्नुपर्द छ।यसरी सन १८९०को मई दिवस कयौं यूरोपिय देशहरूमा मनाइयोँ।
३र ४मईको घटना ” हे मार्किटमा भएको कांडबाट चिनिन्छ।प्रष्ट छ पहिलो मईको हड्तालको परिणाम थियो।४मईमा “हे”मार्किट स्क्वेयरमा भएको प्रदर्शनमा तिन मईमा मकैका कर्भिक रिपर बर्कस्’मा मज्दुरहरूको एउटा सभामा पुलिसको बरवरता र कार्यता पूर्वक दमनमा छे जना मज्दुर मारिएका थिए र कयौं घयल भएकाथिए।यसको बिरोधमा भएको सभाको अन्तिम तिर अचानक एउटा बम बिस्फोट भयो।जस्मा चारजना मज्दुर र सात जना पुलिस कर्मिहरू पनि मारिएकाथिए। “हे”मार्काटको भयानक रक्तपातले मज्दुर नेताहरू-पार्सन्स स्याइस,फिसर र एञ्जेललाई फांशिमा झुण्डाईयो र शिकागोका तमाम नेताहरूलाई कैद शङघर्षत मज्दुरहरूलाई शिकागोका मालिकहरूको जवाफथियो।मालिकहरूले मज्दुरहरू सँग बद्लालिने निउँ खोजेका थिए।सन१८८६को उत्तरार्दमा मालिकहरूले १८८५-८६को आन्दोलनको द्वौरान गुमेको आफ्नो पुरानो स्थितिलाई फेरी प्राप्तगर्न धेरै आकार्मिक रूप अप्नाएको थियो।एक मईको अध्यायनले हामिलाई आफ्नो हक हितको रक्षा गर्नको लागी प्ररेणादिन्छ।
अमेरिकाका मज्दुरहरूले १८८९मा नै यो दिनलाई मज्दुर एकताको रूपमा मनाएता पनि सन १८९०देखी अन्तरराष्ट्रिय श्रमिकदिवसको रूपमा सन्सारभरिका श्रमजिवी बर्गहरूले मनाउँदै आएका छौँ।अहिले दुनियाँ भरिमा पुँजिवादी र प्रतिकृयावादीहरूले बिभिन्न बहानामा मज्दुरहरूको अधिकार खोसेको अबस्थामा यो दिनबाट हामिले धेरै ज्ञान हासिल गर्न सक्ने छौंँ।
WRITE COMMENTS FOR THIS ARTICLE