मतदाता नामावली सङ्कलन : करिब ९० प्रतिशत अनलाइनबाट नाम दर्ता

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिसकेकाे छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन् ।”हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र कार्यालयमा आई ५५ जना गरी ४६४ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन् ।
यसैबिच दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।तनहुँ क्षेत्र नम्बर १ का १६ र २ का ११ गरी कूल २७ जना उम्मेदवारले खर्च विवरण बुझाएको हुन।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE