आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

संगीतकार तथा निर्देशक देमिनको ‘सिंगापुरे साडी’

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

भदौ २,काठमाडौ।
कला संगीत मार्फत समाजमा सदैव पृथक प्रस्तुति अनि सकारात्मक संदेश प्रभाव गर्ने संगीतकार तथा निर्देशक हुन् राज्य राई देमिन।
उनले यो पटक पनि गीतकार राम बहादुर तामाङको सुन्दर शब्द ‘सिंगापुरे साडी’ लाई सुन्दर तवरले संगीत मात्रै गरेनन् ,म्युजिक भिडियो पनि उस्तै दमदार बनाएर सार्वजनिक गरेका छन् ।

कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात ‘सिंगापुरे साडी,मलायो माला’ सुन्दर शब्दलाइ अझ ताजा गराउने उद्देश्यले लेखिएको गीतललाइ वरिष्ठ गायक राजेश पायल राइले स्वर दिएका छन् ।

नजिक रहेको यो वर्षको तिज अगाडी सार्वजनिक भएको यो गीत चडपर्व,बिहे ,पार्टि,डिस्को सबैलाई उत्कृष्ट सुहाउने संगीतकार तथा निर्देशक देमिनले बताए।मनोरञ्जनात्मक यो गीत रेलि फिल्मसको युट्युव च्यानलबाट ल्याइएको छ।

यसैगरी,धेरै पछि कोरियोग्राफर गोरख राई पनि यो गीत मार्फत पुनः आगमन भएका छन् भने गीतमा अजित राई र मिस तामाङ रिया लामाले अभिनय गरेका छन् ।

यो गीतको सिनेमाटोग्राफर योदिन योन्जनले गरेका हुन् भने भिडियोको सम्पादन तथा कलर रामेस्वर जिरेलले गरेका छन् ।

सायारेम स्टुडियो अनामनगरमा रेकर्ड भएको यो गीतको रकर्डिष्ट तथा अडियो मिक्सिङ बिबहपले गरेका छन् ।यस् गीतको एरेन्ज सनम पुरुष राइले गरेका हुन् ।

यो गीत तथा म्युजिक भिडियो सबै उमेरका दर्शक स्रोताहरुले मन पराउने देमिनको दाबी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x