शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौँ ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेको उपचारमा सहज हुने निर्णय गरेका छन् ।

द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरूको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्ण उपचार हुन नसकेपछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरूलाई शोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् ।

अब सबै खालका आन्दोलनका घाइते, द्वन्द्वपीडित तथा भूकम्पका घाइतेहरूको उपचारसँगै अङ्ग प्रत्यारोपण वा सहयोग सामग्री आवश्यक भएमा व्यवस्था हुने जनाइएको छ । अङ्गभङ्ग भएकाहरूलाई कृत्रिम अङ्ग समेत प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

घाइतेहरूको देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरूमा उपचार हुनेछ । कार्यविधिले उपचारपश्चात् अस्पतालहरूलाई भुक्तानी सहज बनाउने अपेक्षा गरिएको छ ।

यसअघि उपचार हुँदै आए पनि बजेट निश्चित नहुँदा उपचारमा समस्या तथा अस्पतालहरूलाई समस्या परेको गुनासो आउने गरेको थियो ।

यस वर्ष मन्त्रालयले घाइतेहरूको उपचारका लागि बेग्लै बजेट विनियोजन गरेको छ । बजेट तथा उपचारको सीमितताका कारण समस्या भोगेकाहरूको समस्या सदाका लागि सम्बोधन हुने गरी कार्यविधि निर्माण गरिएको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कार्यविधि स्वीकृत भए पछि घाइतेहरूको उपचारमा लामो समयदेखि देखिएको समस्या समाधान हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x