शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानद्वारा बागेश्वरी मा.वि.का छात्र, छात्रालाई शैक्षिक सामाग्री वितरण

शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान छेडागाड नगरपालिका वडा नम्बर ९ मा बागेश्वरी माध्यमिक विद्यालय का ५० जना छात्र छात्रालाई कपी कलम वितरण गरेको छ ।
प्रतिष्ठानले जाजरकोटमा शिक्षा स्वास्थ्य खेलकुद स्थानीय संस्कृति जगेर्ना लगायतका विविध सामाजिक क्षेत्रमा काम गर्दै आएको छ। प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर अधिकारीले भन्नुभयो “समाजलाई गति दिनको लागि भविष्यको लागि भएपनि आजका बालबालिकाहरूमा लगानी गर्न अति आवश्यक छ।” प्रतिष्ठानले गरिब जेहनदार लगनशील दलित छात्रा छात्रालाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।
बागेश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डिलबहादुर बुढा क्षेत्री भननु भयो | ” विपन्न विकट दुर्गम भूगोल भएका कारणले शिक्षा आज पनि नेपालको सामान्य अवस्थाभन्दा जाजरकोटमा गाह्रो छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE